२०८३ वैशाख ६ आइतवार , १२:५४:१० बजे

Sajhamanch
'

पर्साको वीरगन्ज क्षेत्रमा घरटहरा भत्काउन डोजर चल्यो

आइतवार, वैशाख ६, २०८३

काठमाडौं । पर्साको वीरगन्ज क्षेत्रमा आज बिहानै डोजर चलेको छ ।

त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौडा मकवानपुरको समन्वयमा मापदण्डभित्र परेका घरटहरामा डोजर चलाइएको हो ।

वीरगन्जका पाँच ठाउँ गण्डक चोक, पावर हाउस, मुर्ली, घण्टाघर र मकालु होटल चोकबाट एकै साथ बिहान साढे ४ बजेदेखि भत्काउन शुरू गरिएको हो । त्यस क्षेत्रमा सडक फराकिलो पार्ने काम भइरहेको छ ।

यसअघि सडक क्षेत्रमा पर्ने संरचना तथा घरटहरा खाली गर्न हिजो माइकिङ गरिएको थियो । पटक-पटक सूचना जारी गरे पनि १३ वर्षदेखि सडक विस्तारको काम अघि बढ्न सकेको थिएन ।

यसअघि पनि सडक विस्तारका लागि दायाँबायाँ दुवै तर्फ २५/२५ मिटरभित्र पर्ने भौतिक संरचना खाली गर्न सूचना गरिएको थियो ।

सम्बन्धित खबर