२०८१ साउन १२, शनिवार , ०७:१९:४२ बजे

Sajhamanch
'

ओरीले फोटो खिचाएबापत २५ लाख र टच गरेबापत २० लाख भारु चार्ज लिने !

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । ‘सामाजिक सञ्जाल स्टार’ को रुपमा नाम चम्किएदेखि नै ओरी धेरैको लागि रहस्यको विषय बनेका छन् । जामनगरमा भएको अम्बानीको प्रि–वेडिङ समारोहमा रिहानासँग होस् या बलिउड स्टारसँगका फोटोमा उनी छाउने गरेका छन् ।

नेपाली नेटिजनमाझ पनि उनी ट्रोल बन्ने गरेका छन् । हालै उनी ‘कफी विथ करण’को शोमा पुगेर दर्शकलाई मनोरञ्जन पनि दिए । यद्यपि, उनले आफ्नो काम के हो भन्नेबारे मौनता राखे ।वास्तविक नाम ओरहान अवत्रामणि रहेका ओरीले एक्टर्स र फिल्ममेकरसँग ह्याङआउट गर्दा आफू पेशाको हिस्सा बन्न नचाहेको पनि बताएका छन् । कलाकार मात्र होइन, फिल्म निर्माता र निर्देशकमाझ पनि उनी उत्तिकै प्रिय छन् ।

‘मलाई फिल्म वा शो गर्ने कुनै रुचि छैन । कडा परिश्रम गर्ने सपना कसले देख्छ रु कोही पनि छैन । म कामलाई घृणा गर्छु । फिल्म वा टिभी गर्नु धेरै काम हो । काम कहिल्यै समाप्त हुँदैन । तपाईं कामलाई घरमा लैजानुहुन्छ, तपाईंको जीवन कामको वरिपरि घुम्छ,’ भारती सिंह र हर्ष लिम्बाचियाको पडकास्टमा उनले भने ।उनले आफ्नो पारिश्रमिक कसरी कमाउँछन् भन्ने कुरा गरे । आफ्नो पोस्ट र पोज दुवै निकै महँगो भएको पनि उनले बताए । ‘के म सस्तो देखिन्छु रु यदि तपाईंले मसँग फोटो खिच्न आग्रह गर्नुभयो भने २५ लाख रुपैयाँ लिन्छु । यदि म आफैंलाई प्रस्ताव गर्छु भने म चार्ज गर्दिनँ । यदि कसैले औपचारिक रूपमा ओरीलाई टच गर्न (छुन खोज्न)को लागि सोध्यो भने म २० लाख रुपैयाँ लिन्छु,’ उनले भने ।

ओरीले आफ्नो जीवन र पेशागत प्रतिबद्धताको ख्याल गर्ने करिब एक दर्जन प्रबन्धक रहेको बताए । विगतमा पनि ओरीले प्रायः कार्यक्रममा भाग लिनका लागि अत्याधिक रकम लिने बताएका थिए

सम्बन्धित खबर