
काठमाडौं। अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा अन्धाधुन्ध गोली चलेको छ। उक्त घटनामा तीन जनाको मृत्यु भएको छ भने घटनामा संलग्न शंकास्पद दुई किशोर पनि मस्जिद नजिकै गुडिरहेको कारभित्र मृत फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सान डिएगो काउन्टीकै सबैभन्दा ठूलो मस्जिद मानिने क्लेरमोन्ट क्षेत्रको ‘इस्लामिक सेन्टर अफ सान डिएगो’मा बीभत्स घटना भएको हो। सान डिएगोका प्रहरी प्रमुख स्कट वाह्लका अनुसार यो घटनालाई ‘घृणाजन्य अपराध’का रूपमा अनुसन्धान अगाडि बढाइएको छ।
घटनाको सुरुवातमा एक आमाले आफ्नो छोरा हराएको प्रहरीमा रिपोर्ट गरेपछि थाहा भएको थियो। ती महिलाले प्रहरीलाई आफ्नो छोरासँगै घरमा रहेका केही हतियार र कारसमेत बेपत्ता भएको जानकारी गराएकी थिइन्। एजेन्सी


