२०८३ जेठ ४ सोमवार , ०५:३३:२१ बजे

Sajhamanch
'

अमृत झा रिहा भएको भन्ने गलत सूचना दिएकोमा परराष्ट्रले माफी माग्यो

सोमवार, जेठ ४, २०८३

काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानी हिरासतबाट नेपाली नागरिक अमृत झा रिहा भएको भन्ने गलत सूचना दिएकोमा माफी मागेको छ ।

मन्त्रालयले आज विज्ञप्ति निकालेर झाको रिहाइ भइनसकेको भन्दै यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सिर्जना भएको अन्योलप्रति क्षमा मागेको हो । त्यस्तै झाको मुद्दामा निष्पक्ष सुनुवाइका लागि निरन्तर कूटनीतिक पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झा अवैध सामान तस्करी एवम् ओसारपसारको आरोपमा पक्राउ परेका थिए । अमेरिका–इजराइल र इरानबीच गएको फेब्रुअरी २८ तारिखमा द्वन्द्व शुरू हुनु अगाडि नै झासहित ६ जना विदेशीलाई इरानी सुरक्षाकर्मीले पक्राउ गरेको थियो ।