२०८१ वैशाख २१, शुक्रवार , १२:४९:४० बजे

Sajhamanch
'

चलचित्र तथा मोडलिङ क्षेत्रमा उदाउँदै बबिता पोख्रेल

शुक्रवार, वैशाख ७, २०८१

झापा । बबिता पोख्रेल चलचित्र तथा मोडलिङ क्षेत्रको एउटा उदियमान कलाकारको नाम हो । करिब ३ वर्षअघि रामेछापको लिखुतामा कोशी गाउँपालिका वडा नम्बर ७ बाट पढाईको शिलशिलामा काठमाडौं आएकी बबिताले कलाकैकारण एकपछि अर्को सफलता हात पार्दै आएकी छिन् ।

राम्रो नृत्य गर्ने भएकैकारण उनलाई यस क्षेत्रमा चिनाउन हुन समय लागेन । स्कुल पढ्दा देखिनै अध्यनसंगै नृत्यमा अव्वल बबिता अहिले देश विदेशका विभिन्न सांगीतिक कार्यक्रम तथा शो हरुमा सहभागी हुँदै आएकी छन् ।

सानेदेखि नृत्यमा रुचिभएकी बबिताका बुवाआमाले पनि छोरी कलाकार भएको हेर्न चाहान्थे । बुवा कृष्णबहादुर पोख्रेल र आमा साबित्रा पोख्रेल र आफ्नो सपना पुरा गर्न राजधानी काठमाडौ छिरेकी बबिता पढाईसंगै कला क्षेत्रमा अव्वल छिन् । २०५८ साल चैत्र २ गते जन्मिएकी उनी क्षमतावान मोडल तथा कलाकार हुन् ।

दुई वर्ष अघि गायक तिलक बस्नेत, गायिका एलिना चौहान र पुनम मोतेको ‘ह्याप्पी क्रिसमस’ बाट म्युजिक भिडियोमा डेव्यु गरेकी बबिताले हालसम्ममा ‘कतिराम्रो रामेछापको सिन’, ‘सानु तिमीलाई’, ‘मनको चाहाना’, ‘चौका दाउ’लगायत दर्जनौ म्युजिक भिडियोमा अभिनय गरीसकेकि छिन् । उनीसंग हिन्दी चलचित्र ‘रंगी बिरंगी’ लगायतमा काम गरिसकेको मिठो अनुभव पनि छ ।

कलाकारिताको क्षेत्रमा मेहनतकासाथ अघि बढीरहेको बबिताको भनाई छ । उनी अहिले काठमाडौंको क्याम्ब्रिज ईन्टरनेश्नल कलेजमा व्याचलर तहमा अध्ययन गर्दैपनि छिन् । मोडल तथा कलाकार बबिताले पछिल्लो समय पढाईसंगै विभिन्न भिडियोमा व्यस्त रहेको जानकारी दिएकी छिन् ।

सम्बन्धित खबर