२०८१ मंसिर ९, आइतवार , ०१:२२:०३ बजे

Sajhamanch
'

दमक नगरपालिकाको राहत कोषमा सहारा नेपाल र हाम्रो टोल विकासको सहयोग

बुधवार, वैशाख ३, २०७७

कमल । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागी दमक नगरपालिकाले स्थापना गरेको राहत कोषमा विभिन्न संघ संस्थाबाट सहयोग प्राप्त छ । बुधबार सहारा नेपाल साकोस चारपाने झापा र हाम्रो टोल विकास संस्था दमक ५ ले राहात कोषमा सहयोग प्रदान गरेका छन् ।

सहारा नेपालले १ लाख ११ हजार रुपैयाको चेक सस्थाका उपाध्यक्ष हरिप्रसाद निरौला मार्फत नगरपालिकाका मेयर रोमनाथ ओली र उपमेयर गीता अधिकारीलाई संयुक्त रुपमा प्रदान गरेका थिए । ६ जिल्लामा कार्यक्षेत्र रहेको सस्थामा हाल १ लाख ४५ हजार भन्दा वढी सदस्य रहेका छन् । लकडाउनका वेला समस्यामा परेका आफ्ना सदस्यलाई सापटी वापत ७ करोड रुपैया वितरण भएको संस्थाले जनाएको छ ।

संस्थाले सदस्य संख्याको आधारमा प्रत्येक स्थानियतहलाई २५ हजार देखि २ लाख रुपैयासम्म राहात प्रदान गरेको संस्थाका दमक शाखाका प्रमुख डम्वर प्रधानले जानकारी दिए ।

त्यस्तै हाम्रो टोल विकास संस्था दमक ५ बाट ४१ हजार रुपैया बरावरको ८ सय ५५ केजी चामल सस्थाका अध्यक्ष हरीप्रसाद पौडेल मार्फत राहात कोषमा जम्मा गरिएको सचिव देवेन्द्र भण्डारीले जानकारी दिए ।

हालसम्म राहत कोषमा ८० लाख जम्मा भएको दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले बताइन् ।
नगरपालिकाले पहिलो चरणनमा २ हजार २ सय ४६ घरधुरीलाई राहत वितरण गरि सकेको र छुटेका अन्य घरधुरीलाई टोल विकास सस्थाको सिफारिसमा राहत वितरण भैरहेको समेत उपमेयर अधिकारीले जानकारी दिइन् ।

सम्बन्धित खबर