२०८२ कार्तिक २४, आइतवार , ०९:०६:१३ बजे

Sajhamanch
'

कोशी र गण्डकी प्रदेशको हिमाली एकरदुई ठाँउमा हल्का वर्षा तथा हिमपातको सम्भावना

आइतवार, कार्तिक २४, २०८२

काठमाण्डौ ।  आज कोशी र गण्डकी प्रदेशको हिमाली एकरदुई ठाँउमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । देशका अरू धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा मौसम बदलीको अवस्था छ । आज दिउँसोपछि कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकरदुई ठाँउमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने अनुमान छ ।

सम्बन्धित खबर