२०८२ असार २७, शुक्रवार , १०:०७:५१ बजे

Sajhamanch
'

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

शुक्रवार, असार २७, २०८२

काठमाडौं । अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका केही ठाउँहरुमा तथा बाँकी भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै राति मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

शुक्रवार, असार २७, २०८२ | Weather, समाज

सम्बन्धित खबर