२०८१ चैत २५, सोमवार , ०४:०७:१४ बजे

Sajhamanch
'

शेयर बजार उच्च अङ्कले घट्यो

सोमवार, चैत २५, २०८१

काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच अङ्कले घटेको छ । हिजो सार्वजनिक बिदा रहेकोले यो हप्ता आज पहिलो कारोबार भएकोमा शेयर बजार परिसूचक नेप्से ३३ दशमलव ३३ अङ्कले घटेर दुई हजार ६७० दशमलव ०६ बिन्दुमा झरेको छ ।

आज सबै उपसमूहको शेयर घटेर बजार राताम्मे भएकोमा व्यापार उपसमूह तीन प्रतिशत भन्दा धेरै र फाइनान्स उपसमूह दुई प्रतिशतभन्दा धेरै घटेको छ ।

आज अप्पर हेवाखोला हाइड्रोपावरको शेयर नौ प्रतिशत भन्दा धेरै घट्यो । समग्रमा बजार घटे पनि बाराही हाइड्रोपावरको शेयर भने सात प्रतिशत भन्दा धेरैले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गएको बिहिवार सात अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज पाँच अर्ब ६५ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

सम्बन्धित खबर