
काठमाडौं । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ भने सामान्य बढेको छ । सुनको भाउ हिजोको तुलनामा एक हजार ४०० रुपैयाँले घटेको छ ।
आज सुन तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ लाख ९९ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ भने थोरै बढेको छ । चाँदीको भाउ आज ६५ रुपैयाँले बढेर तोलाको ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ ५ हजार २७५ रुपैयाँ थियो ।


