२०८३ वैशाख २८ सोमवार , ११:१९:४२ बजे

Sajhamanch
'

सरकारको नीति तथा कार्यक्रम आज, संसदको बजेट अधिवेशन पनि शुरु हुँदै

सोमवार, वैशाख २८, २०८३

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसदमा पेस गर्दैछ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा दिउँसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

राष्ट्रपतिको सम्बोधन र नीति तथा कार्यक्रमअघि दिउँसो २ बजे दुवै सदनको छट्टाछुट्टै बैठक बोलाइएको छ । आजैदेखि संघीय संसदको बजेट अधिवेशन पनि शुरु हुँदैछ । सरकारले नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसनलाई उच्च प्राथमिकता दिने भएको छ ।

आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोगमार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी छ । नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पारदर्शिता, निजी लगानी आकर्षण र संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारले जनाएको छ ।

राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभामा टेबुल गर्ने व्यवस्था छ । यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका आठवटै अध्यादेश पेश हुने भएका छन् ।