२०८३ वैशाख २८ सोमवार , ११:१८:२० बजे

Sajhamanch
'

कञ्चनपुरमा नदीमा डुबेर बालकको मृत्यु, बाजुरामा एक जना बेपत्ता

सोमवार, वैशाख २८, २०८३

धनगढी । कञ्चनपुरमा नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु छ ।

पुनर्वास नगरपालिका-९ (ख) गाँउस्थित दोदा नदीमा नुहाउने क्रममा सोही पुनर्वास-८ (क) गाउँ बस्ने १४ वर्षीय रोहित दौडेको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पानीमा डुबेर सख्त घाइते भएका उनलाई उपचारको लागि पुनर्वास टाउन हस्पिटल लगिएकोमा थियो तर चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै बाजुरामा खोलामा बालक बेपत्ता भएका छन् । हिमाली गाउँपालिका-१ मैतार्नास्थित कुवाडी खोलामा नुहाउन गएका १४ वर्षीया नवराज थापा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

चार जना साथिहरु सँगै नुहाउने क्रममा खोलाले थापालाई बगाएपछि बेपत्ता भएका हुन् । उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।