२०८३ वैशाख २८ सोमवार , ०३:५४:३२ बजे

Sajhamanch
'

देशभर ३ हजार बढि निःशुल्क बेड उपलब्ध, प्रयोगमा १३५ मात्रै

सोमवार, वैशाख २८, २०८३

काठमाडौं । विपन्न, असहाय तथा वेवारिसे बिरामीको उपचारका लागि देशभरीका सरकारी तथा निजी अस्पतालहरूले कुल शैय्याको १० प्रतिशत शैय्या छुट्याउनुपर्ने सरकारको निर्णय अनुसार हाल देशभर ३ हजार २६४ बेड छुट्याएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको अनलाइन प्रणालीमा सार्वजनिक विवरणअनुसार देशभरका अस्पतालमा कुल १८ हजार ४२४ बेडमध्ये ३ हजार २६४ बेड निःशुल्क उपचारका लागि छुट्याइएको हो । त्यसमध्ये हाल १३५ निःशुल्क बेड प्रयोगमा रहेका छन् भने ३ हजार १२९ बेड उपलब्ध अवस्थामा रहेको देखिएको छ ।

नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको छ । सोही संवैधानिक व्यवस्थाअनुसार सरकारले विपन्न, असहाय तथा लक्षित वर्गका नागरिकलाई उपचार पहुँच सुनिश्चित गर्न निजी अस्पतालमा समेत १० प्रतिशत निःशुल्क बेड अनिवार्य गरेको हो ।

सरकारले यो प्रणालीलाई प्रभावकारी, पहुँचयोग्य र पारदर्शी बनाउन अनलाइन अनुगमन प्रणाली विकास गरेको जनाएको छ । प्रणालीमार्फत प्रदेश, जिल्ला र अस्पतालअनुसार निःशुल्क बेडको अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।

सम्बन्धित खबर