२०८३ वैशाख २८ सोमवार , ०३:२९:३४ बजे

Sajhamanch
'

अफगानिस्तान महिलाहरुका लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरुमध्ये पहिलो स्थानमा

सोमवार, वैशाख २८, २०८३

झापा । विश्वमा महिलाका लागि सबैभन्दा असुरक्षित देशको सूचीमा अफगानिस्तान पहिलो स्थानमा परेको छ । वल्ड पपुलेसन रिभ्यूले सार्वजनिक गरेको ‘महिला शान्ति तथा सुरक्षा सूचकाङ्क–२०२६’ अनुसार तालिबान शासनपछि अफगानिस्तानमा महिलाको अवस्था झन् कमजोर बनेको उल्लेख गरिएको छ ।

रिपोर्टअनुसार अफगानिस्तानमा महिलामाथि कडा सामाजिक प्रतिबन्ध लगाइएको छ भने शिक्षा, रोजगारी र सार्वजनिक जीवनमा उनीहरूको सहभागिता अत्यन्त न्यून रहेको छ । महिलाका लागि दोस्रो सबैभन्दा असुरक्षित देश यमन रहेको छ ।

लामो समयदेखिको गृहयुद्धका कारण त्यहाँ स्वास्थ्य सेवा र आधारभूत संरचना प्रभावित बनेका छन् । त्यसैगरी सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कंगो लोकतान्त्रिक गणतन्त्र, सुडान र दक्षिण सुडान जस्ता द्वन्द्वग्रस्त मुलुकहरू पनि महिलाका लागि उच्च जोखिमयुक्त देशको सूचीमा परेका छन् ।

रिपोर्टले युद्ध, राजनीतिक अस्थिरता, कमजोर सुरक्षा व्यवस्था तथा कट्टर सामाजिक मान्यताका कारण महिलाको जीवन झन् कठिन बन्दै गएको जनाएको छ ।

यता नेपाल महिला सुरक्षा सूचकाङ्कमा १२० औँ स्थानमा रहेको छ । नेपाल युद्धग्रस्त मुलुकहरूको तुलनामा सुरक्षित देखिए पनि महिला सुरक्षासम्बन्धी चुनौती अझै कायम रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर