२०८१ चैत १९, मङ्गलवार , ०५:२९:२७ बजे

Sajhamanch
'

सेन्टर प्लाजामा आगलागी : केही मानिस फसे, उद्धारको प्रयास

बुधवार, चैत १३, २०८१

विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी हुँदा केही मानिस फसेका छन् ।

प्लाजाको पाँचौ तल्लामा आगलागी भइरहेको छ । आगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेका छन् ।

स्थानीयका अनुसार आगलागी भइरहेको भवन सात तलाको छ । माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार माथिल्लो तलामा रहेकाहरूको संख्या यकिन भएको छैन ।

इटहरी उपमहानगरपालिका-६ मुख्य चोकमा रहको प्लाजाको पाँचौ तल्लामा रहेको होटलको बरन्डाबाट बिहान साढे ९ बजेबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर