
झापा । मोरङ र तेह्रथुममा भएका आगलागीबाट चारवटा घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो ४ः१० बजे मोरङ केराबारी ९ भालुगैडे बस्ने ५० वर्षीय रामबहादुर गुरुङको टिनको छानो, इँटाको गारो भएको एकतले घरमा खोले पकाउने क्रममा अचानक आगलागी भएको थियो ।
आगलागीबाट घरमा रहेको काठपात, लत्ताकपडाका, अन्य सरसामान जलेर नष्ट हुँदा ७ लाख बराबरको क्षति भएको छ । प्रहरी ,बेलबारी, सुन्दरहरैचा ,लेटाङ नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
त्यस्तै हिजो दिउँसो १:३० बजे अचानक आगलागी हुँदा तेह्रथुम फेदाप ३ तोक्मा बस्ने दिलकुमारी लिम्बूको तीन वटा घर जलेर नष्ट भएको छ ।
ढुङ्गा र माटोले बनेको टिनको छानो भएको २ तले घर , ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले नयाँ घर,ढुङ्गा माटोले बनेको टिनको छानो भएको १ तले किचन र दुई वटा सुँगुर पूर्णरुपमा जलेर नष्ट भएको हो ।एउटा भैँसी र एउटा गोरु घाइते भएका छन् । क्षतिको विवरण आई नसकेको प्रहरीले जनाएको छ ।