२०८१ फागुन २२, बिहिवार , ०३:०५:४८ बजे

Sajhamanch
'

सबै अमेरिकीका लागि कर कटौती हुन्छ, ग्रीनल्यान्डलाई जसरी पनि अमेरिकाको हिस्सा बनाइन्छ : ट्रम्प

बुधवार, फागुन २१, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै आफूले पहिलो चरणका काम भर्खरै शुरुआत गरेको बताएका छन् ।

राष्ट्रपतिमा नियुक्त भएको ६ महिनासम्म उथलपुथलका काम गरिरहेका ट्रम्पले आफ्नो काम भर्खरै शुरू भएको बताएको बीबीसीले जनाएको छ ।

सम्बोधनका क्रममा ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि वार्ता गर्न तयार रहेको भन्दै लेखेको पत्रको आफूले कदर गरेको उल्लेख गरेका छन् । उनले अमेरिकामा सबैका लागि कर कटौती हुने र सङ्घीय बजेट सन्तुलन गर्ने प्रतिबद्धता व्यक्त गरेको खबरमा उल्लेख छ ।

यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकाको हिस्सा बनाउने चाहना अनुरूप जसरी पनि यसलाई प्राप्त गर्ने दाबी गरेका छन् । ट्रम्पले मेक्सिकोको खाडीलाई अमेरिकाको खाडी नामकरण गर्ने आफ्नो साहसी कार्य हुने बताएका छन् ।

यस्तै उनले एलन मस्कको सक्रियतामा विभिन्न क्षेत्रको लागत कटौती र विश्वभरका सहायता कार्यक्रमहरूको अन्त्यको कामको प्रशंसा गरेका छन् ।

सम्बन्धित खबर