२०८१ पौष १२, शुक्रवार , ११:३५:२९ बजे

Sajhamanch
'

मोजाम्बिकको एउटा जेलमा भएको झडपमा ३३ जनाको ज्यान गयो

बिहिवार, पौष ११, २०८१

झापा । मोजाम्बिकको एउटा जेलमा भएको झडपमा ३३ जनाको ज्यान गएको छ । अरु १५ जना घाइते भएका छन् । राजधानीमा रहेको एउटा जेलमा रहेका कैदीहरु भाग्न खोजेपछि झडप भएको बीबीसीले जनाएको छ ।

झडपपछि एक हजार ५०० भन्दा धेरै कैदीहरु भागेका छन् । भागेका मध्ये १५० जनालाई पुनः पक्राउ गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मोजाम्बिकमा गएको अक्टोबरको भएको विवादित चुनावलाई लिएर प्रदर्शनहरु भइरहेका छन् । गएको सोमवार मोजाम्बिकको सर्वोच्च अदालतले सन् १९७५ देखि सत्तामा रहेको फ्रेलिमो पार्टीले अक्टोबरको राष्ट्रपतीय चुनाव जितेको पुष्टि गरेपछि विपक्षीको प्रदर्शन झनै बढेको छ ।

प्रहरीले जेलभित्र भएको झडप पनि बाहिर भइरहेको राजनीतिक अशान्तिसँग सम्बन्धित रहेको बताएको छ । प्रदर्शनकारीहरु जेल परिसरमा पुगेपछि भित्र रहेका कैदीहरुले जेलको भित्ता भत्काएर भाग्न खोजेका थिए ।

सम्बन्धित खबर