२०८३ वैशाख ९ बुधवार , १२:५०:२५ बजे

Sajhamanch
'

आज सुनचाँदीको भाउ घट्यो

बुधवार, वैशाख ९, २०८३

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले घटेको हो ।

हिजो तोलाको तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज तीन लाख ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ३० रुपैयाँले घटेको छ । हिजो तोलाको पाँच हजार १६० रुपैयाँ रहेको चाँदी आज तोलाको पाँच हजार १३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बुधवार, वैशाख ९, २०८३ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर