२०८१ पौष ९, मङ्गलवार , ०६:०१:५७ बजे

Sajhamanch
'

भारतको पश्चिम बङ्गालमा चट्याङ लागेर ११ जनाको ज्यान गयो

बुधवार, मंसिर ५, २०८१

झापा । भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । चट्याङ लागेर अरू धेरै मानिस घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चट्याङ लागेर ज्यान गुमाउने ११ जनामध्ये तीन नाबालिग र दुई जना युवासमेत रहेका माल्दाका जिल्ला अधिकारी नितिन सिंघानियाले बताएका छन् ।

उनले पीडित परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताएको खबरमा उल्लेख छ । जिल्ला प्रशासनले पनि उनीहरूलाई सहयोग गरिरहेको छ ।

सम्बन्धित खबर