२०८३ वैशाख ९ बुधवार , ०५:१९:१२ बजे

Sajhamanch
'

शेयर बजार सामान्य घट्यो, कारोबार रकम बढ्यो

बुधवार, वैशाख ९, २०८३

काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । हिजो र अस्ति दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ९५ अङ्कले ओरालो लागेर २ हजार ८०४ दशमलव १७ विन्दुमा झरेको छ ।

आज बैंक, फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक घटेकोमा होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै २ दशमलव ३६ प्रतिशतले ओरालो लागेको छ ।

आज १३८ वटा कम्पनीको शेयर घटेकोमा १२१ वटाको बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज होटल फरेस्ट इनको शेयर सबैभन्दा धेरै १० दशमलव ७५ प्रतिशतले ओरालो लागेको छ । बजार सामान्य घटेको दिन पाल्पा सिमेन्ट, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, शिखर पावर डेभलपमेन्टको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ५ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ३४२ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ७ अर्ब ८१ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर