२०८३ वैशाख ९ बुधवार , ०४:४९:०१ बजे

Sajhamanch
'

विद्यार्थी सङ्गठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

बुधवार, वैशाख ९, २०८३

काठमाडौं । विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा विद्यार्थी सङ्गठनहरूले काठमाण्डौमा कालो बेलुन उडाएर प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थी नेताहरूले विद्यार्थी सङ्गठनमाथिको प्रतिबन्धलाई अलोकतान्त्रिक र दमनकारी कदम बताएका छन् ।

नेविसङ्घका केन्द्रीय सदस्य मात्रिका तिमिल्सिनाले हिजो शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीलाई हिरासतमा लिएको घटनाप्रति पनि आपत्ति जनाउनु भयो । सरकारले मनोमानी ढङ्गले शासन सञ्चालन गरिरहेको उहाँको आरोप छ ।

सम्बन्धित खबर