२०८१ पौष ९, मङ्गलवार , ०८:५५:५७ बजे

Sajhamanch
'

लेबनानमा दुई महिना नपुग्दै२०० जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाए

बुधवार, मंसिर ५, २०८१

झापा । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिनाभन्दा कम समयमा २०० जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको छ ।

त्यहाँ बालबालिकाको अवस्था चिन्ताजनक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफका प्रवक्ता जेम्स एल्डरले आक्रमण तत्काल रोक्नुपर्नेमा जोड दिएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

लेबनानमा पछिल्लो दुई महिनामा हरेक दिन औसतमा तीन जना बालबालिकाको ज्यान जाने गरेको छ भने एक हजार जनाभन्दा धेरै बालबालिका घाइते हुने गरेका छन् ।

राष्ट्रसङ्घले घरबारविहीन भएका लाखौँ बालबालिका आधारभुत पूर्वाधार तथा स्वास्थ्य उपचारको सुविधाबाट वञ्चित भएका समेत जनाएको छ ।

सम्बन्धित खबर