२०८१ चैत ४, सोमवार , १२:११:११ बजे

Sajhamanch
'

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा औपचारिक रुपमा शुरू

बिहिवार, भदौ २७, २०८१

झापा । संयुक्त राष्ट्रसङ्घको महासभाको ७९औँ सत्र आजदेखि औपचारिक रुपमा शुरू भएको छ । ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९औँ सत्रका लागि अध्यक्ष फिलेमान यङ्गलाई हथौडा हस्तान्तरण गरेपछि महासभा शुरू भएको हो ।

सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व प्रधानमन्त्री समेत रहेका यङ्गले जलवायु परिवर्तन र दिगो विकासका गतिमा आएको कमीलगायत विश्वव्यापी चुनौतीसँग लड्नका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिएको बीबीसीले जनाएको छ ।

यसका लागि नवीनता र हरित अर्थव्यवस्थालाई प्रोत्साहन दिँदै आर्थिक विकासको लाभ हरेक देशलाई सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

फिलेमान यङ्गले शान्ति र सुरक्षा आफ्नो मुख्य प्राथमिकता भएको बताए। उनले गाजा क्षेत्र, हैटी, युक्रेन, अफ्रिका लगायतमा भईरहेको हिंसा अन्त्यको पहल गर्न अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरेका छन् ।

सम्बन्धित खबर