२०८१ मंसिर ११, मङ्गलवार , ०६:४०:४३ बजे

Sajhamanch
'

युद्धमा खटाइएका काभ्रेका तामाङले याचना गरेको डेढ महिना बित्यो, उद्धार भएन

बिहिवार, चैत १, २०८०

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ का निकास तामाङले उद्धार गरी आफूलाई नेपाल फर्काउन सरकारसँग आग्रह गरेको डेढ महिना बितिसकेको छ । तर, उनको उद्धार हुन सकेको छैन ।

एजेन्टले झुक्याएर उनलाई रुस पुर्‍याई त्यहाँको सेनामा भर्ती गराइएको थियो । त्यसपछि उनलाई युक्रेनसँगको युद्धमा खटाइएको थियो । उनलाई भिजिट भिसामा रुस लगिएको थियो ।

युक्रेनसँगको युद्धका क्रममा खुट्टामा गोली लागी घाइते भएपछि उद्धार गरी आफूलाई फर्काउन उनले नेपालमा रहेका परिवारसँग अनुरोध गरेका थिए । तामाङका दाइ उमेशले गएको माघ १० गते परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा रुसबाट आफ्नो भाइलाई उद्धार गरी ल्याइदिन अनुरोध गर्दै निवेदन दिएका थिए ।

आफ्नो भाइको ज्यान जोखिममा रहेको भन्दै उद्धार गरिदिन उमेशले अनुरोध गरेका थिए । उनले अनुरोध गरेको डेढ महिना बितिसक्यो । तर, निकासको उद्धार हुन सकेको छैन ।

सम्बन्धित खबर