२०८२ जेठ १, बुधवार , ०६:४८:५८ बजे

Sajhamanch
'

चार दिनभित्र एनओसी सेवा प्रवाह सहज हुने

बिहिवार, चैत १, २०८०

काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र वितरण चार दिनभित्र सहज हुने शिक्षा मन्त्रालयको एनओसी शाखाले जनाएको छ । शाखाका निमित्त प्रमुख वासुदेव वस्तीले बिहीबारदेखि पुनः ‘टाइम कार्ड’ लागू गरिएकोले चार दिन भित्र सहज हुने बताए ।

उनले भने, ‘हामी अबको चार दिनभित्र सहज बनाउँछौं । बीचमा टाइम कार्ड लागू नगर्दा समस्या आएको हो ।’ टाइम कार्ड अनुसार सेवाग्राहीले मोबाइल मार्फत पाएको मिति र समयमा मात्रै जानुपर्ने हुन्छ ।

शाखामा एनओसी लिन आउनेको भीड बढेपछि स्काउट तथा प्रहरीले सहजीकरण गरिरहेको छ । केही दिन यता एनओसी लिन आउनेको भीड अत्यधिक बढेको शाखाले जनाएको छ । भिड बढेपछि प्रभावकारी सेवा दिन नसकेको भन्दै बुधबार शाखा प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएका थिए ।

बुधबार पौडेलले राजीनामा दिएपछि मन्त्रालयले बासुदेव वस्तीलाई पुनः जिम्मेवारी दिएको छ । यसअघि नै वस्तीले ‘टाइम कार्ड’ लागू गरेका थिए ।

अनलाइनमार्फत आवेदन दिएपछि सेवा लिनको लागि मोबाइलमा पाउने मिति र समय अनुसार सेवा दिँदै आएको थियो । तर, बीचमा उक्त ‘टाइम कार्ड’ कार्यन्वयन नगर्दा समस्या आएको वस्तीले बताए ।

शाखामा अत्यधिक भीड बढेपछि प्रभावकारी सेवा दिन नसकेको भन्दै शाखा प्रमुखको राजीनामा आएपछि शिक्षा मन्त्री सुमना श्रेष्ठ अनुगमनमा पुगेकी थिइन् ।

सम्बन्धित खबर