२०८३ जेठ २० बुधवार , ०५:२०:२३ बजे

Sajhamanch
'

न्युजिल्यान्ड र भारतबीच १२ खेलको ऐतिहासिक शृङ्खला हुने

बुधवार, जेठ २०, २०८३

काठमाडौं । न्युजिल्यान्ड र भारतको क्रिकेट टोलीबीच १२ खेलको ऐतिहासिक शृङ्खला हुने भएको छ ।

न्युजिल्यान्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरुआत भारतसँगको शृङ्खलाबाट शुरुआत गर्ने भएको हो । न्युजिल्यान्ड र भारतबीचको ५ टी–ट्वान्टी अन्तर्राष्ट्रिय, ५ एकदिवसीय अन्तर्राष्ट्रिय र २ टेस्ट क्रिकेटको शृङ्खला आउँदो अक्टोबर २२ देखि डिसेम्बर १ सम्म चल्नेछ ।

न्युजिल्यान्ड क्रिकेटका अनुसार खेल सङ्ख्याका आधारमा यो शृङ्खला ऐतिहासिक हो । यो शृङ्खला ५ वटा शहरमा हुनेछ ।

भारतकाे न्युजिल्यान्ड भ्रमण

टी–२० शृङ्खला–
पहिलाे टी–२० – २२ अक्टाेबर, क्राइस्टचर्च
दाेस्राे टी–२० – २४ अक्टाेबर, क्राइस्टचर्च
तेस्राे टी–२० – २७ अक्टाेबर, वेलिङ्गटन
चाैथाे टी–२० – ३० अक्टाेबर, अकल्यान्ड
पाँचाैँ टी–२० – १ नाेभेम्बर, ह्यामिल्टन

एकदिवसीय शृङ्खला–
पहिलाे एकदिवसीय – ४ नाेभेम्बर, अकल्यान्ड
दाेस्राे एकदिवसीय – ७ नाेभेम्बर, वेलिङ्गटन
तेस्राे एकदिवसीय – १० नाेभेम्बर, ह्यामिल्टन
चाैथाे एकदिवसीय – १३ नाेभेम्बर, माउन्ट माउङ्गानुई
पाँचाैँ एकदिवसीय – १५ नाेभेम्बर, माउन्ट माउङ्गानुई

टेस्ट शृङ्खला–
पहिलाे टेस्ट – १९–२३ नाेभेम्बर, वेलिङ्गटन
दाेस्राे टेस्ट – २७ नाेभेम्बर–१ डिसेम्बर, क्राइस्टचर्च

सम्बन्धित खबर