२०८३ जेठ २० बुधवार , ०६:२५:५० बजे

Sajhamanch
'

आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

बुधवार, जेठ २०, २०८३

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाडौंमा शुरु हुँदैछ ।

प्रतियोगितामा सातै प्रदेशका ६८६ खेलाडी सहभागी हुँदैछन् । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल ६६ स्वर्ण पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६ तथा कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्ण पदकका लागि खेल हुनेछन् ।

भलिबल र कबड्डीमा समान २–२ स्वर्ण पदक समावेश छन् । एथलेटिक्सका खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछन् । भलिबलका खेल राखेपको कभर्डहलमा, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा, कराते कीर्तिपुरस्थित कभर्डहलमा, तेक्वान्दो सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमी हलमा तथा उसुका खेल राखेपको सेमी कभर्डहलमा हुनेछ ।

प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमती, नेपालय इन्टरनेश्नल प्रालि र केआईइसीले सहयोग गरेका छन् । प्रतियोगिता आउँदो शुक्रबार सम्पन्न हुनेछ ।

सम्बन्धित खबर