२०८३ जेठ १८ सोमवार , ०५:३९:१८ बजे

Sajhamanch
'

झापा इनर्जीको सोलार प्लान्टमा आगलागी

सोमवार, जेठ १८, २०८३

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–४ बलोचोकस्थित झापा इनर्जी लिमिटेडको सोलार प्लान्टमा आज दिउँसो आगलागी भएको छ।

आगलागीबाट प्लान्टमा रहेका विभिन्न मेसिनरी सामानहरू जलेर नष्ट हुँदा करोडौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

प्रहरीका अनुसार प्लान्टमा अचानक सल्किएको आगोका कारण मेसिनहरूमा ठूलो क्षति पुगेको हो।

सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा अहिले आगो नियन्त्रण आएको छ । आगलागीको मुख्य कारण र क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर