२०८३ जेठ १८ सोमवार , ०२:३७:०८ बजे

Sajhamanch
'

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय गाडी आयात

सोमवार, जेठ १८, २०८३

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै चार अर्ब दुई करोड रुपैयाँ भन्दा बढीका विद्युतीय गाडी आयात भएका छन् । गएको आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षमा विद्युतीय गाडीको आयात दुई अर्ब ३७ करोड रुपैयाँले वृद्धि भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज नाका हुँदै १५ हजार २७१ वटा विभिन्न थरिका विद्युतीय गाडीको आयात गरिएको र यसले राजस्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो ।

गएको आर्थिक वर्षको १० महिनामा यो नाका हुँदै एक अर्ब ६५ करोड मूल्य पर्ने नौ हजार ४२ वटा विभिन्न विद्युतीय गाडी आयात गरिएका थिए । त्यसवापत ८१ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

यो नाका हुँदै ३१ अर्ब ३१ करोड मूल्य पर्ने इन्धन र विद्युतबाट चल्ने गाडी तथा पार्टपुर्जा भित्रिएका सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।