
काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । न्यु चन्द्रिगढमा हिजो बेलुका भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई ४७ रनले हराउँदै राजस्थानले गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । राजस्थानका लागि वैभव सूर्यवंशीले २९ बलमै ९७ रन बनाए । ध्रुव जुरेलले २१ बलमा ५० रन बनाए भने यशश्वी जैसवालले २९ र कप्तान रियान परागले २६ रन बनाए । राजस्थानले दिएको २४४ रनको लक्ष्य पछयाएको गुजरात १९ ओभर २ बलमा १९२ रन बनाउदा अलआउट भयो ।
अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । खेल भोलि बेलुका पौने ८ बजे न्यु चन्द्रिगढमा हुनेछ । पराजित हैदरावाद भने प्रतियोगिताबाट बाहिरिएको छ ।


