२०८३ जेठ १४ बिहिवार , ११:१६:४० बजे

Sajhamanch
'

महिला टी–२० छनोटअन्तर्गत नेपालले आज इन्डोनेसियासँग खेल्दै

बिहिवार, जेठ १४, २०८३

काठमाडौं । एशियाली खेलकुद महिला टी–२० छनोटअन्तर्गत नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । मलेसियाको कोलालम्पुरमा नेपाली समय अनुसार दिउँसो पौने १२ बजे खेल शुरु हुनेछ । नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा हिजो चीनलाई हराउँदै विजयी शुरुवात गरेको छ भने इन्डोनेसियाले पहिलो खेलमा चीनसँग हार बेहोरेको थियो । नेपालले आजको खेल जितेमा सेमिफाइनलमा पुग्ने छ ।

समूह ‘ए’ मा मलेसिया, हङकङ र थाइल्यान्ड रहेका छन् । नेपाली महिला टोलीले इन्डोनेसियासँग सन् २०१९ मा एक पटक मात्र खेलेको थियो । त्यतिबेला नेपाल ९२ रनले विजयी भएको थियो ।

यस प्रतियोगिताबाट शीर्ष तीन देश एसियाली खेलकुदमा छनौट हुनेछन् । एसियाली खेलकुदमा आयोजक जापानसँगै आइसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन् ।

एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल ८ देशले भाग लिंदैछन् ।

सम्बन्धित खबर