२०८३ वैशाख २३ बुधवार , ०८:०९:३७ बजे

Sajhamanch
'

सगरमाथाबाटै १ अर्बमाथि रोयल्टी संकलन

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । सरकारले चालु आरोहण सिजनमा सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ ।

पर्यटन विभागका अनुसार मंगलबारसम्म सगरमाथा आरोहणमा कुल ४७ समूहका ४६४ आरोहीले अनुमति लिएका छन् । उनीहरू मार्फत १ अर्ब १ करोड २८ लाख २३ हजार ९२५ रुपैयाँ रोयल्टी संकलन भएको हो ।

सरकारले यस वर्ष शरद ऋतुदेखि रोयल्टी शुल्क बढाएको थियो । सोहीकारण यस वर्ष रोयल्टी संकलन वृद्धि भएको हो ।

यस वर्ष २९ हिमालमा १२७ समूहका १ हजार ७२ आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट सरकारले १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ बराबर रोयल्टी संकलन गरेको पर्यटन विभागको तथ्यांक छ ।

सगरमाथापछि यस वर्ष ल्होत्से हिमालमा ९ समूहका १११ आरोहीले अनुमति लिएका छन् । अमादब्लममा ९ समूहका १०४ आरोहीले अनुमति लिएका छन् ।

यस वर्ष कुल ७९ मुलुकका आरोही हिमाल चढ्न नेपाल आएको तथ्यांकले देखाउँछ । जसमा सबैभन्दा धेरै चीन र अमेरिकाबाट क्रमशः १३९ र १३२ आरोही आएका छन् ।

त्यस्तै बेलायतबाट ७२ र रुसबाट ६६ आरोहीले अनुमति लिएका छन् । सगरमाथाका लागिमात्र ५५ मुलुकका आरोहीले अनुमति लिएको देखिएको छ । जसा चिनियाँ १००, अमेरिकी ६७ र भारतीय आरोही ५८ छन् ।

सम्बन्धित खबर