२०८३ वैशाख २३ बुधवार , ०४:५०:४८ बजे

Sajhamanch
'

प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अग्रवाल त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीन समेत हुन् । डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञका रूपमा आफ्नो सेवा पुर्‍याउने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर