
काठमाडौं । बुधबार सेयर बजारमा १०४ कम्पनीको मूल्य बढेको छ भने १४९ को घटेको छ । त्यस्तै १५ कम्पनीको मूल्य भने स्थिर रह्यो । समग्र बजारको परिसूचक नेप्से यस दिन जम्मा १.६४ अंक घटेको छ ।
अघिल्लो दिन नेप्से परिसूचक ८ अंक बढेको थियो । आजको कारोबारपछि नेप्से परिसूचक २७११ अंकमा झरेको छ । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३ अर्ब १९ करोडको भयो ।
सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.१६, फाइनान्स ०.१९, होटल तथा पर्यटन ०.२२, लगानी ०.४०, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.१९ तथा अन्य ०.०३ प्रतिशत बढे । त्यस्तै विकास बैंक ०.५१, हाइड्रोपावर ०.४३, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.५६ र व्यापार समूह ०.२५ प्रतिशत घटे ।
फर्वाड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १३.७४ प्रतिशत बढ्यो । अपर लोहोरेखोलाको ५.९५, तारागाउँ रिजेन्सीको ३.३८ प्रतिशत बढ्यो ।
भगवती हाइड्रोपावरको ८.९०, नारायणी डेभलपमेन्६को ७.२७ तथा मोदी इनर्जीको ४.१८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, ङादी ग्रुप र अपर लोहोरेखोला जलविद्युत् कम्पनी छन् ।


