२०८३ वैशाख १० बिहिवार , १२:०२:४७ बजे

Sajhamanch
'

प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग शुरू

बिहिवार, वैशाख १०, २०८३

काठमाडौं । दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि शुरू भएको छ ।

नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा त्रिपुरेश्वरको दशरथ रङ्गशालाको कभर्डहलमा प्रतियोगिता शुरु भएको हो । आज पहिलो दिन पुरुष र महिला दुवैतर्फ २र२ खेल हुँदैछन् । अहिले महिलातर्फ एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच लिगको पहिलो खेल भइरहेको छ ।

प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, हेल्प नेपाल स्पोर्टस्, क्लबखिल्जी युवा क्लब, रुकुम पश्चिम भलिबल क्लब, कोशी प्रदेश भलिबल क्लब र बुढानीलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमण्ड युथ स्पोरर्टस् क्लब, एभरेष्ट क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

यस प्रतियोगिताको लिग चरणमा पुरुषतर्फ २८ र महिलातर्फ १५ गरी ४३ खेल हुनेछन् । दुवैतर्फ लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

लिगको दुवै विजेताले १० लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । एनभीएल लिगका उत्कृष्ट महिला र पुरुष दुवै टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा०ले आयोजना गर्ने काभा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

सम्बन्धित खबर