
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ४० रनले पराजित गरेको छ ।
लखनउको एकाना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनायो । जवाफमा लखनउ १८ ओभरमै ११९ रनमा समेटिँदै पराजित भयो । राजस्थानका लागि रवीन्द्र जडेजाले सर्वाधिक ४३ रनको अविजित इनिङ खेले । यशस्वी जैसवाल र शिमरोन हेटमायरले समान २२/२२ रनको योगदान दिए ।
लखनउका तर्फबाट बलिङमा मोहसिन खान, प्रिन्स यादव र मोहम्मद शामीले समान २–२ विकेट लिए । मिचेल मार्सले ४१ बलमा ५५ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन् । निकोलस पुरनले २२ रन र हिम्मत सिंहले १५ रन जोडे । जितसँगै राजस्थानले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।


