२०८२ साउन १३, मङ्गलवार , १०:००:२८ बजे

Sajhamanch
'

भोकमरी कहिल्यै पनि ‘युद्धको हतियार’ हुनुहुँदैन : संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भोकलाई कहिल्यै पनि युद्धको हतियारको रूपमा प्रयोग गर्नु नहुने स्पष्ट पार्नुभएको छ ।

इथियोपियाको राजधानी आदिस अबाबामा सम्पन्न खाद्य प्रणालीसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले यस्तो बताउनुभएको हो ।

अफ्रिका महादेशमा अहिले करिब २८ करोड मानिसहरू भोक, कुपोषण र भोकमरीको गम्भीर जोखिममा छन् ।

गुटेरेसले भोकले अशान्ति फैलाउने र स्थायित्वमा बाधा पुर्‍याउने बताउनुभयो । भोकलाई कहिल्यै पनि द्वन्द्वको माध्यम नबनाउन आग्रह गर्नुभयो ।

उहाँले जलवायु परिवर्तनका कारण बाली उत्पादनमा समस्या,आपूर्ति प्रणालीमा अवरोध, र मानवीय सहायता प्रभावित भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

गाजामा चलिरहेको द्वन्द्वका कारण अहिले त्यहाँको जनसङ्ख्या गम्भीर सङ्कटमा परेको उहाँको भनाइ छ । दुई करोडभन्दा बढी जनसङ्ख्या भोकमरी र कुपोषणको चपेटामा परिरहेको छ ।

इजरायलले गाजामा गएको मार्चदेखि पूर्ण नाकाबन्दी लगाएपछि अवस्था झन् जटिल भएको छ । यद्यपि पछिल्लो समयमा केही राहत सामग्री जान थाले पनि सयभन्दा बढी सहायता संस्थाहरूले ‘गम्भीर भोकमरी’ फैलिरहेको चेतावनी दिएका छन् ।

सम्मेलनमा अफ्रिकी सङ्घका कार्यकारी प्रमुख महमूद अली युसुफले अफ्रिकामा खाद्य सङ्कट गहिरिँदै गएको भन्दै अन्तर्राष्ट्रिय साझेदारहरूलाई सहयोग गर्न र प्रतिबद्धताहरू पूरा गर्न आग्रह गर्नुभएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर