
सुनसरी । बराहक्षेत्र नगरपालिका-६ पटवारीबाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् ।
करिब २२५ किलोग्राम सहित बराहक्षेत्र नगरपालिका९६ बस्ने २० वर्षीय बिशेष माझी सहित २ जनालाईमंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूले प्रयोग गरेको को.३० प९४७५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


