२०८३ वैशाख ४ शुक्रवार , ०३:१६:४१ बजे

Sajhamanch
'

पछिल्लो २४ घण्टामा विपद्का ३३ घटना, ७ जना घाइते

बुधवार, वैशाख २, २०८३

काठमाडौं । विगत २४ घण्टामा देशका विभिन्न स्थानमा ३३ वटा विपद्का घटना भएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार २०८३ ती घटनाबाट ७ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी घटना आगलागीसँग सम्बन्धित छन् । १३ जिल्लाका २६ स्थानमा आगलागी हुँदा ५ जना घाइते भएका छन् भने ४० जनाको उद्धार गरिएको छ । उद्धार तथा नियन्त्रणका लागि १४८ जना प्रहरी परिचालन गरिएको थियो ।

यसैबीच, ४ जिल्लाका ५ स्थानमा वन डढेलोका घटना पनि भएका छन्, जसले जोखिमको स्तर अझै उच्च रहेको संकेत गरेको छ । विगत २४ घण्टामा कुनै पनि मानवीय मृत्यु वा बेपत्ताको घटना नभएको प्राधिकरणले जनाएको छ ।

तर, कुल ७ जना घाइते भएका छन् । घाइते हुनेमा आगलागीबाट ५ जना, सर्पदंशबाट १ जना र जनावरको आक्रमणबाट १ जना रहेका छन् । साथै, ४ वटा चौपायाको समेत क्षति भएको छ ।

प्राधिकरणको बुलेटिन संख्या २१२२ अनुसार यी घटनाबाट अनुमानित ८३ लाख ८७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। उद्धार तथा सुरक्षाका लागि देशभर १८९ जना प्रहरी जनशक्ति परिचालन गरिएको थियो ।

सम्बन्धित खबर