२०८२ साउन १२, सोमवार , ०१:०५:४५ बजे

Sajhamanch
'

गाजामा राहत सहायता लिन खुला

सोमवार, साउन १२, २०८२

झापा । इजरायलले गाजामा एक सयवटा ट्रकसम्म राहत सामग्री जान दिने निर्णय गरे पनि संयुक्त राष्ट्रसङ्घ (यूएन) ले त्यसलाई पर्याप्त नभएको बताएको छ । यूएनका अनुसार यो सहायता भोकमरी र स्वास्थ्य सङ्कटलाई टार्न प्रयाप्त छैन ।

अल जजिराका अनुसार गाजामा पछिल्लो २४ घण्टामा मात्र दुई बालबालिकासहित छ जनाको खान नपाएर ज्यान गएको छ । इजरायल हामास युद्ध शुरु भएयता भोकमरीबाट ज्यान जानेको सङ्ख्या १३३ पुगेको गाजाका अधिकारीहरूले बताएका खवरमा उल्लेख छ ।

हिजो मात्रै इजरायली आक्रमणमा ६३ जना फिलिस्तीनीको ज्यान गएको थियो । त्यसमध्ये ३४ जना सहायता खोज्न पुगेका सर्वसाधारण रहेको समाचारमा भनिएको छ ।

सम्बन्धित खबर