२०८२ साउन ११, आइतवार , १२:५२:०५ बजे

Sajhamanch
'

भारतले माल्दिभ्सलाई रक्षा र पूर्वाधार विकासका लागि ५६ करोड ५० लाख डलर सहयोग गर्ने प्रस्ताव

आइतवार, साउन ११, २०८२

झापा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले माल्दिभ्सलाई रक्षा बल र पूर्वाधार सुदृढ गर्न ५६ करोड ५० लाख अमेरिकी डलरको प्रस्ताव गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले माल्दिभ्सको रक्षा क्षमतालाई मजबुत बनाउन निरन्तर सहयोग गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । उहाँले हिन्द महासागर क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि आफूहरूको साझा लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

गएको वर्ष तेस्रो कार्यकाल जितेपछि हिन्द महासागरको द्वीपसमूहको पहिलो औपचारिक भ्रमणका क्रममा मोदीले माल्दिभ्सका लागि भारत ‘पहिलो प्रतिक्रियादाता’ रहिरहने बताउनुभएको थियो ।

सन् २०२३ मा माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु भारत विरोधी मञ्चमा निर्वाचित भएपछि माल्दिभ्स आफ्नो प्रतिद्वन्द्वी चीनको कक्षमा प्रवेश गरेकोमा क्षेत्रीय शक्तिराष्ट्र भारत चिन्तित थियो ।

सत्तामा आएदेखि मुइज्जुले भारतीय सेनाको एउटा सानो टुकडीलाई फिर्ता बोलाउनुभएको थियो । मुइज्जुले गएको वर्ष नयाँ दिल्लीमा दुई पटक मोदीलाई भेट्नुभएको थियो । दुवै नेताले द्विपक्षीय सम्बन्धमा ‘नयाँ अध्याय’ शुरू गर्ने प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित खबर