२०८२ साउन ११, आइतवार , १०:०२:०१ बजे

Sajhamanch
'

गाजामा हवाई जहाजमार्फत खाद्यान्न खसालियो, तर अपुग

आइतवार, साउन ११, २०८२

झापा । गाजामा हवाई जहाजमार्फत खाद्यान्नलगायतको राहतसामग्री खसालिएको छ । इजरायली सेनाले गाजामा हवाई जहाजमार्फत राहत खसालेको हो भने जोर्डन र यूएईले पनि चाँडै हवाई जहाजमार्ग प्रयोग गर्ने तयारी गरेका बीबीसीले जनाएको छ । तर यो सहायता पनि अपुग नै छ ।

यसले मात्रै भोकमरीको समस्या समाधान गर्न नसक्ने अन्तर्राष्ट्रिय संस्था र अधिकार समूहले बताएका छन् । अन्तर्राष्ट्रिय उद्धार समितिका अधिकारी सियारान डोनेलीले हवाई सहायता कहिल्यै पर्याप्त नहुने बताउनुभयो । छ हजार ट्रक राहत जोर्डन र इजिप्टमा तयार भए पनि राजनीतिक अवरोधले गाजामा पुग्न सकिरहेको छैन । १०० भन्दा बढी संस्थाले गाजामा सामूहिक भोकमरीको चेतावनी दिइसकेका छन् ।

विश्व खाद्य कार्यक्रमका अनुसार, गाजाको एक तिहाइ जनसङ्ख्याले केही दिनदेखि खाना खाएका छैनन् र ९० हजार महिला तथा बालबालिकालाई आपतकालीन सहायताको आवश्यकता छ । अहिलेको वितरण प्रकृयाका कारणबाट झैझगडा, घाइते हुने र ज्यानै गुमाउने समेत जोखिम छ । खाद्यान्न मात्र होइन, गाजामा पानीको पनि अभाव छ ।

सम्बन्धित खबर