२०८१ चैत १७, आइतवार , १०:०५:२३ बजे

Sajhamanch
'

जीपी भवन निर्माण पूरा गराउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

बिहिवार, चैत १४, २०८१

भद्रपुर । निर्माण अवधि थप नगरिँदा ६ वर्ष अघिदेखि काम रोकिएर अलपत्र परेको चन्द्रगढीमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको निर्माण कार्य अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवद्धता जनाएका छन् ।

भद्रपुरका नगरप्रमुख गणेश पोखरेल नेतृत्वको टोलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भवन निर्माणमा रहेका समस्या हल गरेर निर्माण अवधि थप हुने वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन् ।

सो टोलीमा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय सभामा काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, भद्रपुरका २, ४ र ७ का वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरु सहभागी थिए ।

प्रतिनिधि मण्डलले अलपत्र अवस्थामा रहेको सभागृहको निर्माण कार्य पुनः सुचारु गर्न ज्ञापनपत्र बुझाए पछि प्रधानमन्त्री ओलीले गणतन्त्र नेपालको स्मृतिमा निर्माण भइरहेको भवन अलपत्र नपर्ने वचन दिएको नगरप्रमुख पोखरेलले जानकारी दिए ।

नगरप्रमुख पोखरेलका अनुसार प्रधामन्त्री ओलीलाई प्रतिनिधि मण्डलले अलपत्र रहेको निर्माण कार्यलाई अघि बढाउन देखिएका बाधा अबरोध हटाउन माग गरिएको नगरसभाको निर्णयसहित विभिन्न विकल्प समावेश गरी सुझाव दिइएको छ ।

साविक जिल्ला विकास समितिबाट दुई वर्षमा निर्माण सम्पन्न हुने गरी ठेकेदार कम्पनीसँग सम्झौता भए पनि ठेकेदारको पटक–पटक माग गरेको निर्माण अवधि थप नभएको कारण कानुनी समस्याका उत्पन्न भएर निर्माण कार्य अलपत्र परेको हो ।

सम्बन्धित खबर