२०८१ मंसिर २७, बिहिवार , ०१:१०:०७ बजे

Sajhamanch
'

प्रवासी नेपाली मञ्च क्यानडाको नेतृत्व सर्वसम्मत चयन

आइतवार, मंसिर २, २०८१
  • शिशिर सिंखडा

टोरण्टो (क्यानडा) । प्रवासी नेपाली मञ्च क्यानडाको चौथो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको अधिवेशनले सम्पूर्ण कार्यसमिति पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गरिएको निर्वाचन मण्डलका सचिव रविन्द्रराज घिमिरेले घोषणा गरेका हुन् ।

जसअनुसार मञ्चको अध्यक्षमा रमेश धिताल, उपाध्यक्षमा मदन अधिकारी, सचिवमा सन्दीप पौडेल, उपसचिवमा कृष्ण पराजुली र बिमला कार्की चयन भएका छन् ।

२५ सदस्यीय कार्य समितिको सदस्यहरुमा लोक गुरुङ, केपी पन्त, सुदर्शन अधिकारी, सुजन खतिवडा, राजन पाइजा, दुर्गा केसी, अरबिन पौडेल, राजु भट्टराई, रिंकु भट्टराई, प्रकाश ढकाल, दिनेश विष्ट, महेश विष्ट, सुदर्शन सापकोटा, सुरेश भट्टराई, हिमाल अर्याल, तारा लामिछाने, उद्धिम न्यौपाने लगायत रहेका छन् ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका रिजन इन्चार्ज प्रभुराम थापाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा महिला विभाग सदस्य कुन्ती थापा, विभागका उपप्रमुख जानकी कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।

अधिवेशनमा भौगोलिक विविधताका कारण भौतिक रुपमा उपस्थिति हुन नसकेका सदस्यहरुलाई जुम मार्फत उपस्थितिको व्यवस्था गरिएको थियो ।

प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष बिश्वम्भर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बेदनिधि गौतमले शाब्दिक स्वागत गरेका थिए ।