२०८३ जेठ १७ आइतवार , १२:०५:१८ बजे

Sajhamanch
'

सुनको भाउ तोलामै २० हजार ५०० रुपैयाँले बढ्यो

आइतवार, जेठ १७, २०८३

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेको छ ।

भाउ बढेर सुन आज तोलाको ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सरकारले सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ३०५ रुपैयाँ बढेको छ । शुक्रबार तोलाको ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

आइतवार, जेठ १७, २०८३ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर