२०८३ जेठ १७ आइतवार , ११:०७:२३ बजे

Sajhamanch
'

टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर ल्याइयो

आइतवार, जेठ १७, २०८३

काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।

उनलाई अहिले ललितपुर प्रहरीको हिरासतमा रहेको एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो ।

उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो ।

अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको थियो ।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए । अधिकारी भने फरार थिइन् ।

सम्बन्धित खबर