२०८३ जेठ १७ आइतवार , १०:४९:४६ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटको उपाधिका लागि आज आरसीबी र गुजरात खेल्दै

आइतवार, जेठ १७, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र गुजरात टाइटन्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुकी सवा ८ बजे अहमदाबादमा रहेको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ ।

पहिलो क्वालिफायरमा बेङ्गलुरुले गुजरातलाई हराउँदै र दोश्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन् । आईपीएल क्रिकेटमा यी दुवै टोलीले समान एक पटक उपाधि जितेका छन् ।

आरसीबी साविक विजेता टोली हो भने गुजरातले सन् २०२२ मा उपाधि जितेको थियो । आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि आज विशेष रेल सेवा समेत सञ्चालन गरिएको छ । आईपीएल क्रिकेटमा १० वटा टोली सहभागी थिए ।

सम्बन्धित खबर