२०८१ भदौ १६, आइतवार , ०६:३५:१५ बजे

Sajhamanch
'

‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन हुने

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मंगलवार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्ष कार्यक्रम लागू गर्ने घोषणा गरेका हुन् । यसबाट विद्यार्थीको सिकाई अभिवृद्धि हुने र नेतृत्व विकास हुने विश्वास सरकारले लिएको छ ।

त्यसैगरी, विद्यालय शिक्षादेखि नै आफ्नो रुची अनुरुप पेशा छनोट गर्न करियर काउन्सीलिङ कार्यक्रम सञ्चालन गर्ने र यसबाट एक लाख विद्यार्थी लाभान्वित हुने सरकारले अनुमान गरेको छ ।

सम्बन्धित खबर