२०८३ जेठ ७ बिहिवार , ०२:४६:५० बजे

Sajhamanch
'

भद्रपुरको ग्यालेक्सी यो वर्ष पनि नगरकै उत्कृष्ट

बिहिवार, जेठ ७, २०८३

भद्रपुर । यहाँस्थित ग्यालेक्सी इङ्लिस स्कूलले गतवर्ष जस्तै २०८२ सालको एसईई परीक्षामा पनि शतप्रतिशत नतिजा निकाल्दै भद्रपुर नगर क्षेत्रकै उत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको छ ।

माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी २३ मध्ये ८ जनाले ए प्लससहित उत्कृष्ट नतिजा निकालेको खुसीमा आज विशेष कार्यक्रमको आयोजना गरी उत्कष्ट विद्यार्थीहरुलाई नगद २५ सय रुपैयाँले पुरस्कृतसमेत गरियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोनक वंशलको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमाझ एसईई २०८२ मा सहभागी भई उत्तीर्ण भएका सबै विद्यार्थीलाई सम्मान गरिएको थियो ।

भद्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पवित्रा ढकालको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक विवेक चम्लागाईंले प्रेस विज्ञप्ति वाचन गर्नुहुँदै विद्यालयको समग्र वस्तुस्थिति प्रष्ट पार्नुभएको थियो ।

शहरको कोलाहलभन्दा टाढा भद्रपुर ९ को एकान्त ठाउँमा ७ बिघा निजी जमिनमा सञ्चालन गरिएको सो विद्यालयको स्थापना २०६९ सालमा भएको हो । उक्त विद्यालयले विद्यार्थीमैत्री, सुरक्षित एवम् आधुनिक शैक्षिक वातावरण निर्माण गरी गुणस्तरी शिक्षा प्रदान गर्दै आएको दावी गरिएको छ ।

विद्यालयका कोअर्डिनेटर लक्ष्मण नेपालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा भद्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पवित्रा ढकाल, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले आ–आफ्ना धारणा राख्नु भएको थियो ।

यसैगरी अध्यापक कृष्णकुमार मैनाली, देवी नेपाल र उत्कृष्ट अंक हासिल गरी सम्मानित हुने विद्यार्थीहरु मध्येबाट सिर्जन तामाङले विद्यालयको शैक्षणिक अवस्था र वर्तमान शैक्षिक परिवेशका बारेमा बोल्नु भएको थियो ।